Posts

कथा-बाल मस्तिष्क र शहरी दशैं

Image
काठमाडौको कोटेश्वरमा बस्ने गोकुल शर्मा र निर्मला शर्माको एक्लो छोरा कुशल यसपालिको भदौमा ७ बर्ष पुरा भएर ८ मा लागे । गोकुल शर्मा कास्की जिल्लाका पुर्व जिल्ला प्रमुख हुनुको साथै हालका मन्त्रालयका सहसचिव समेत हुन् । शर्मा जी सरकारी जागिरे भएको कारण कुशलको वालापनले ग्रामीण बालबालिकाको तुलनामा आभाब र बाध्यताको छायाँ समेत देख्नु परेन । कुशलका लािग उनको ६ आनामा फैलिएको कम्पाउण्ड सहितको घर, उनको सातदोबाटो स्थित श्री मोरल बोर्डिङ स्कुल र उनलाई स्कुल लाने र घर ल्याउने पहेलो गाडी नै संभवत उनले देखेको संसार हो । यी बाहेक उनको संसारमा अरु केहि अटाउँछ भने त्यो हो उनका मम्मी ड्याडीले सपिङ गर्दा उनलाई लाने गरेको भाटभटेनी सपिङ कम्पेक्स र विदामा घुम्न जाने गरेको भृकुटी मण्डप जुन उनलाई अन्यन्तै रमाईलो लाग्छ ।  उनले टि.भी मा नियमित रुपमा हेर्ने गरेको "अगि एण्ड द कोकरोज" र "बाल हनुमान" पनि उनको सानो संसारका थप हिस्साहरु हुन् ।          उमेरको वृद्धि संगसंगै कुशलको चेतनाको स्तरपनि अलिक फराकिलो भएछ क्यारे, गत साता शर्मा जी र निर्मलाको सानो झगडा हुदाँ निर्मलाको सा...

कविता- बफादार कुकुरहरु

बफादार कुकुरहरु एक रात, किर्तिपुर पाँगा दोबाटोमा एक हुल कुकुरहरु मरुन्जेल भुक्दै थिए म डराए, चोरहरु आएछन् क्यारे अरे ! कुकुरहरु त टाटेपाटे रङ्गका लुगा लगाएका डण्डाधारीहरुलाई पो लखेटिरहेका रहेछन् । एक साँझ, बानेश्वर चोकमा एक हुल कुकुरहरु मरुन्जेल भुक्दै थिए म डराए, डाँकाहरु आएछन् क्यारे अरे ! कुकुरहरु त सेतो नम्बर प्लेट भएका गाडीहरुलाई पो पछ्याउँदै रहेछन् । एक विहान, टि.यु गेटमा एक हुल कुकुरहरु मरुन्जेल भुक्दै थिए म डराए, फटाहहरु आएछन् क्यारे अरे ! कुकुरहरु त विश्वविधालय तिर जादै गरेका चस्मा लगाएका बुढाहरुलाई पो झम्टिदै रहेछन् । भिम भट्टराई किर्तिपुर

कविता-मौनता

कविता-मौनता जिन्दगी हिउँदको वृक्ष झै नाङगो भा’छ बजारमा पिडा, हैरानी, परिसानी र भागमभाग छ बच्चाहरु रुन्छन् किशोर किशोरी कुत्कुतिन्छन् युवायुवती हास्छन् बुढाबुढी खोक्छन्, स्याँस्याँ गर्छन् आखिर मेरो वशमा के छ र ? आखाँ भएकोमा मलाई ग्लानी छ कान भएकोमा म हिनताबोध महशुस गर्छु मुखले मलाई विवश बनाउँछ यहाँ, किशार किशोरी रुन्छन् युवायुवती सुक्सुकाउँछन् बुढाबुढी आशु झार्छन् यहाँ प्रतिक्रिया विहिन छन् त केबल केटाकेटी, किनकी ती अबोध छन् Vm Babu TU, Kirtipur

Poem- Good Bye

Good Bye My heart always wanders for you My emotions seek your presence but what about yours, I am unaware                              For me, our pasts are all enough to live, Our memories are sufficient, for me, to kill solitude but what about you, I don't know But I know, my presence in your life, to you, is harmful And your absence in my life, to me, is painful Oh dear! I can tolerate my pain But I can't bother your harm So, collect our pasts and live in memories Keep me in your heart, as I Don't shed your tears for me This, is my, unwanted good bye Vm Babu

आमा

                आमा संसारको सबैभन्दा प्रिय पात्र करुणा सागर, ममतामयी जसको कल्पना मात्र समेत गर्दा पनि हामी भाबुक र प्रेममयी हुन्छौं । जब आमा शब्द हाम्रो कानमा गुञ्जिन्छ तब हामी आमाको विशाल हृदय र निःस्वार्थ प्रेमको अनुभुति गर्न सक्दछौं । आज यी हातले जतिसुकै ठुला बैचारिक कुरा लेखेपनि ती सबैको उद्गम बिन्दु क लेख्न आमाले नै सिकाउनु भयो, बाबा भन आमा भन भन्दै हाम्रो बोली फुटाउन दिनरात प्रयत्न गर्नुभयो । ज्वरो हामीलाई आउथ्यो हतास आमा हुन्थिन्, खोकी हामीलाई लाग्थ्यो आमा निलीकाली हुन्थिन्, पेट हाम्रो दुख्थ्यो आमा रातभर निदाउथिनन् अनि हाम्रा पिडालाई आफ्नै सम्झी हामी रुदा संगै अबिरल आशुका धारा बगाउथिन् । आमा साच्चै तिम्रो गाथा आकाश भन्दा विशाल, फुल भन्दा सुगन्धित र संगीत जस्तै आनन्दमयी छ ।                नमागीकनै दिने र नभनीकनै थाहा पाउनुमा नै सायद आमा हुनुको सार्थकता रहेको छ । आमा, तिमीले नुहाईदिदा पानीको धारा संगै खन्याईदिएकी प्रेम र करुणा, तेते लगाउँदा घसिदिएकी स्नेह र अन्त्यमा दिएकी पवित्र चुम्बन सायदै म बिर्स...

Quotation

The way to gain the glory of the kingdom of the heaven is become the king of the sufferings and earn our doctorate on that philosophy.