आमा
आमा संसारको सबैभन्दा प्रिय पात्र करुणा सागर, ममतामयी जसको कल्पना मात्र समेत गर्दा पनि हामी भाबुक र प्रेममयी हुन्छौं । जब आमा शब्द हाम्रो कानमा गुञ्जिन्छ तब हामी आमाको विशाल हृदय र निःस्वार्थ प्रेमको अनुभुति गर्न सक्दछौं । आज यी हातले जतिसुकै ठुला बैचारिक कुरा लेखेपनि ती सबैको उद्गम बिन्दु क लेख्न आमाले नै सिकाउनु भयो, बाबा भन आमा भन भन्दै हाम्रो बोली फुटाउन दिनरात प्रयत्न गर्नुभयो । ज्वरो हामीलाई आउथ्यो हतास आमा हुन्थिन्, खोकी हामीलाई लाग्थ्यो आमा निलीकाली हुन्थिन्, पेट हाम्रो दुख्थ्यो आमा रातभर निदाउथिनन् अनि हाम्रा पिडालाई आफ्नै सम्झी हामी रुदा संगै अबिरल आशुका धारा बगाउथिन् । आमा साच्चै तिम्रो गाथा आकाश भन्दा विशाल, फुल भन्दा सुगन्धित र संगीत जस्तै आनन्दमयी छ । नमागीकनै दिने र नभनीकनै थाहा पाउनुमा नै सायद आमा हुनुको सार्थकता रहेको छ । आमा, तिमीले नुहाईदिदा पानीको धारा संगै खन्याईदिएकी प्रेम र करुणा, तेते लगाउँदा घसिदिएकी स्नेह र अन्त्यमा दिएकी पवित्र चुम्बन सायदै म बिर्स...