आमा
आमा संसारको सबैभन्दा प्रिय पात्र करुणा सागर, ममतामयी जसको कल्पना मात्र समेत गर्दा पनि हामी भाबुक र प्रेममयी हुन्छौं । जब आमा शब्द हाम्रो कानमा गुञ्जिन्छ तब हामी आमाको विशाल हृदय र निःस्वार्थ प्रेमको अनुभुति गर्न सक्दछौं । आज यी हातले जतिसुकै ठुला बैचारिक कुरा लेखेपनि ती सबैको उद्गम बिन्दु क लेख्न आमाले नै सिकाउनु भयो, बाबा भन आमा भन भन्दै हाम्रो बोली फुटाउन दिनरात प्रयत्न गर्नुभयो । ज्वरो हामीलाई आउथ्यो हतास आमा हुन्थिन्, खोकी हामीलाई लाग्थ्यो आमा निलीकाली हुन्थिन्, पेट हाम्रो दुख्थ्यो आमा रातभर निदाउथिनन् अनि हाम्रा पिडालाई आफ्नै सम्झी हामी रुदा संगै अबिरल आशुका धारा बगाउथिन् । आमा साच्चै तिम्रो गाथा आकाश भन्दा विशाल, फुल भन्दा सुगन्धित र संगीत जस्तै आनन्दमयी छ ।
नमागीकनै दिने र नभनीकनै थाहा पाउनुमा नै सायद आमा हुनुको सार्थकता रहेको छ । आमा, तिमीले नुहाईदिदा पानीको धारा संगै खन्याईदिएकी प्रेम र करुणा, तेते लगाउँदा घसिदिएकी स्नेह र अन्त्यमा दिएकी पवित्र चुम्बन सायदै म बिर्सुला । मैले गल्ती गर्दा तिमीले मेरो कान निमोटेको पनि मेरो मानसपटलमा ताजै छन्, आहा ! त्यो कहाँ सजाय थियो र त्यो त तिम्रो प्रेमको फरक शैली न थियो । हो तिमीले कुट्थ्यौ तर दुख्लाकी भनेर सचते पनि त थियौं नि । स्कुल जादा मैले तिमीलाई दुई रुपैया मागेर कति सताउथें, तिमी छैन भन्थेउ म रोई दिन्थे अनि मेरो आशु पुछ्दै छिमेकी संग मागेर भएपनि मेरो जीतका लागि तिमी हारी दिन्थ्यौ ।आमा, आज तिमी संग टाढा भएर होला तिम्रो सम्झेर भावुक हुनु र तिमीले दिएकी सजाय सम्झेर मुस्कुराउनु देखी म संग अर्को विकल्प छैन् । हाम्रो हासो र खुशीको लागी तिम्रा दिन र रात उस्तै भए, हामीलाई रुई दिदा पुग्ने तिमीलाई रुहेर नहुने । हामीले अघायौं नभनुञ्जेल तिमीलाई कहिल्यै भोक लागेन, हामी नसुतुञ्जेल तिम्रा आखाँ कहिल्यै लोलायनन । हाम्रो हासो र खुशीको लागि आफ्नो जिवनलाई समेत तिलाञ्जली दिन पछि नहट्ने आमा तिम्रो स्थान सबैभन्दा माथि छ । तिम्रो गुन तिर्न खोज्नु हाम्रो लागि सबैभन्दा ठुलो अपराध हुनेछ । हामीलाई यो संसार देखाउने, चिनाउने र बुझाउने तिमीलाई लाख लाख सलाम ।।।

Comments
Post a Comment