कविता-मौनता


कविता-मौनता

जिन्दगी हिउँदको वृक्ष झै नाङगो भा’छ
बजारमा पिडा, हैरानी, परिसानी र भागमभाग छ

बच्चाहरु रुन्छन्
किशोर किशोरी कुत्कुतिन्छन्
युवायुवती हास्छन्
बुढाबुढी खोक्छन्, स्याँस्याँ गर्छन्

आखिर मेरो वशमा के छ र ?
आखाँ भएकोमा मलाई ग्लानी छ
कान भएकोमा म हिनताबोध महशुस गर्छु
मुखले मलाई विवश बनाउँछ

यहाँ, किशार किशोरी रुन्छन्
युवायुवती सुक्सुकाउँछन्
बुढाबुढी आशु झार्छन्
यहाँ प्रतिक्रिया विहिन छन् त केबल केटाकेटी, किनकी ती अबोध छन्



Vm Babu
TU, Kirtipur

Comments